Kathmandu Press

लागुऔषध कारोबारका आरोपी रास्वपा पूर्व सांसद श्रेष्ठलाई धरौटीमा छाडियो 

श्रेष्ठ गत भदौ २७ गते पोखरास्थित आफ्नै दिया फार्मेसीबाट पक्राउ परेका थिए। फार्मेसीबाट लागुऔषध बिक्री भएको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो। 
लागुऔषध कारोबारका आरोपी रास्वपा पूर्व सांसद श्रेष्ठलाई धरौटीमा छाडियो 

कास्की, असोज १० : लागुऔषध कारोबारको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटी रकममा रिहा भएका छन्। 

जिल्ला अदालत काश्कीले श्रेष्ठलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला न्यायाधीश भोला ढकालको इजलासले गरेको आदेश अनुरुप श्रेष्ठ धरौटी रकम बुझाएर रिहा भएका हुन्। 

श्रेष्ठ गत भदौ २७ गते पोखरास्थित आफ्नै दिया फार्मेसीबाट पक्राउ परेका थिए। फार्मेसीबाट लागुऔषध बिक्री भएको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो। 

समानुपातिक सांसद भएका श्रेष्ठले स्वास्थ्यमन्त्री हुन रास्वपाको ‘कोर टिम’लाई बुझाउनुपर्ने बताउँदै दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको भिडिओ बाहिरिएपछि कारबाहीमा परेका थिए। 

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, असोज १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्