Kathmandu Press

कोशी ब्यारेजबाट यात्रु बस सप्तकोशीमा खस्यो

विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको को१ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस सप्तकोशी नदीमा खसेको हो।
कोशी ब्यारेजबाट यात्रु बस सप्तकोशीमा खस्यो
फाइल तस्बिर।

सुनसरी, असोज १० : बिहीबार बेलुका कोशी ब्यारेजबाट यात्रु बोकेको बस सप्तकोशी नदीमा खसेको छ। 

विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको को१ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस सप्तकोशी नदीमा खसेको हो। साँझ ६ बजे बस ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको बताइएको छ। 

उद्धारका लागि प्रहरी टोली खटिएको छ। थप विवरण भने आउन बाँकी छ। 

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्