Kathmandu Press

शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह

प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बन चलाउन आग्रह गरेको हो। 
शुक्रबार र शनिबार रात्रीबस नचलाउन आग्रह

काठमाडौं, असोज १० : लागतार वर्षा भइरहेकाले शुक्रबार र शनिबार रात्रीबस नचलउान राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका ेहो। 

आजदेखि आइतबारसम्म भारी वर्षाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएपछि प्राधिकरणले दुई दिन रात्रीबस चलाउन आग्रह गरेको हो। 

प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बन चलाउन आग्रह गरेको हो। 

पहिरोको जोखिम भएका स्थान र नदि किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन प्राधिरकणले आग्रह गरेको छ।

धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्