Kathmandu Press

स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता 

निर्वाचन आयोगका अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यक्रम तय भएको छ। 
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता 

काठमाडौं, असोज १० : स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका लागि आगामी मंसिर २ गते मनोनयनपत्र दर्ता गरिने भएको छ।

निर्वाचन आयोगका अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यक्रम तय भएको छ। 

आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बिहीबार निर्वाचन कार्यक्रम स्वीकृत गर्दै मनोनयनको मिति तय गरेको हो। 

मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम राखएको छ । यस्तै, मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय, सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको छ। 

आयोगका अनुसार मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता, सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। 

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्