Kathmandu Press

रविमाथि मात्रै होइन, पार्टीमाथि नै प्रहार भएको छ : डा. वाग्ले

‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन् त्यो संस्था हो,’ उलने भने, ‘पार्टी संस्थामाथि प्रहार भैइरहेको छ एउटा ईगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’
रविमाथि मात्रै होइन, पार्टीमाथि नै प्रहार भएको छ : डा. वाग्ले

काठमाडौं, असोज १० : १० दिने भ्रमणका लागि चीन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोली आज स्वदेश फर्किएको छ। 

दश दिने भ्रमणका लागि भन्दै गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो।

Hardik ivf

स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेलाई मात्र नभैइ पार्टीमाथि नै प्रहार भएको बताएका छन्। उनले पार्टीमाथि कुनै राजनीतिक इगोका कारण प्रकार भइरहेकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए।

‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन् त्यो संस्था हो,’ उलने भने, ‘पार्टी संस्थामाथि प्रहार भैइरहेको छ एउटा ईगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’

यस्तै डा. तोसिमा कार्कीले क्रान्ती उग्र मात्र होइन, अब शालीन, निलो पनि हुने बताइन्।

‘क्रान्ती उग्र मात्र नभइ अब शालीन पनि हुन्छ। क्रान्ती रातो मात्र हुन्न निलो पनि हुन्छ। शान्तिपूर्ण  ढंगले र शालिन तरिकाले बौद्धिक क्रान्ती गर्ने छौं,’ उनले भनिन्, ‘युवाको  क्रान्ती गर्छौं, एक थोपा पनि रगत चुहिँदैन, हिंसाको बाटो नअपनाइ शान्तिपूर्ण तरिकाले देशलाई सम्वृद्धिको बाटो खोज्ने क्रान्ती नै  निलो क्रान्ती हो।’

दश दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएको हो।

बेइजिङ पुग्ने कार्यक्रम भएपनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेसहित ८ जनाको टिम आज फर्किएको छ भने ६ जना भोलि फर्कनेछ। 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्