Kathmandu Press

दयाहाङले सकाए ‘अञ्जिला’को डबिङ

फिल्म एञ्जिलाको पूर्ण बायोपिक भने नभएको बताउँदै निर्देशक चाम्सले तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित रहेको बताए। 
दयाहाङले सकाए ‘अञ्जिला’को डबिङ

काठमाडौं, असोज १० : अहिलेकाम व्यस्त अभिनेता दयाहाङ राईले फिलमको ‘अञ्जिला’को डबिङ सकाएका छन्। 

मिलन चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ फागुन २९ गते रिलिज हुँदैछ। फिल्म नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बको जीवनमा आधारित छ। 

फिल्मको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिने निर्देशक चाम्सले बताए। 

फिल्ममा मुख्य भूमिकामा एञ्जिला आफैं देखिनेछिन् भने फिल्ममा दयाहाङसँगै  राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको पनि अभियन छ। 

एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायाँकन गरिएको फिल्ममा उनको एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा देखाएको छ। 

फिल्म एञ्जिलाको पूर्ण बायोपिक भने नभएको बताउँदै निर्देशक चाम्सले तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित रहेको बताए। 
 

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, असोज १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्