Kathmandu Press

पूर्वसभामुख सापकोटाको मुद्दामा भएन फैसला, ‘अन्य आदेश’

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संवैधानिक इजलासले यसअघि बुधबारका लागि  भन्दै दोस्रोपल्ट फैसला मिति सारेको थियो। तर फैसला नगरी सर्वोच्चका वेभसाइटमा ‘अन्य आदेश’ जनाइएको छ। 
पूर्वसभामुख सापकोटाको मुद्दामा भएन फैसला, ‘अन्य आदेश’

काठमाडौं, असोज ९ : पूर्वसभामुख तथा माओवादी नेता अग्नि सापकोटा विरुद्धको मुद्दामा बुधबार पनि ‘अन्य आदेश’ भएपछि फैसला लम्बिएको छ। 

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संवैधानिक इजलासले यसअघि बुधबारका लागि  भन्दै दोस्रोपल्ट फैसला मिति सारेको थियो। तर फैसला नगरी सर्वोच्चका वेभसाइटमा ‘अन्य आदेश’ जनाइएको छ। 

उक्त आदेशको लिखितप्रति भने सार्वजनिक भएको छैन। द्वन्द्वकालमा काभ्रेका अर्जुन लाकोको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमा श्रेष्ठले १२ वर्षअघि सर्वोच्चमा रिट दिएकी थिइन्। 

पूर्णिमासँगै सापकोटाविरुद्ध जोडिएका थप मुद्दामा पनि फैसला सरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी १९ असोजमा अवकाश पाउने भएका कारण उक्त अवधिसम्म फैसला नभए पुनः सुनुवाई गर्नुपर्ने भएको छ। 

यसअघि गत १२ वैशाखमा सुनुवाइ गरी निर्णय सुनाउने मिति ताकिएको थियो। तर त्यस यता पनि निर्णय सुनाउने मिति दुई पटक सरिसकेको छ। अब फैसला कहिले हुने भनेर अन्यौल सिर्जना भएको छ। 

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्