Kathmandu Press

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

प्रहरीले सात दिन थुना म्याद माग गरे पनि अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 
दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, असोज ९ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले सात दिन थुना म्याद माग गरे पनि अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 

Hardik ivf

नेपाल प्रहरीको साइबर ब्युरोले थप ७ दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको थियो। 

साइबर अपराधको आरोपसहित एक महिलाले दिएको एक उजुरीका आधारमा प्रसाईं गत असोज ६ गते भक्तपुरको थिमी स्थित निवासबाट पक्राउ परेका थिए। 

प्रसाईंले युट्युब मार्फत चरित्रहत्या गरेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका हुन्। 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्