Kathmandu Press

प्रहरीको ३० वर्षे विवादको रिट औचित्यहीन हुने भन्दै फिर्ता 

रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन दिएको निवेदनका आधारमा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम फिर्ता गरिदिएको हो। 
प्रहरीको ३० वर्षे विवादको रिट औचित्यहीन हुने भन्दै फिर्ता 

काठमाडौं, असोज ९ : नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दर्ता भएको रिट औचित्यहीन हुने भन्दै निवेदकहरुले नै फिर्ता लिएका छन्।

रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन दिएको निवेदनका आधारमा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम फिर्ता गरिदिएको हो। 

गत १६ भदौमा नेपाल प्रहरीका ९० प्रहरी अधिकृत ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गइसकेका छन्। 

अवकाशमा गइसकेपछि रिटको औचित्य नहुने भन्दै फिर्ता लिन दिएको निवेदनका आधारमा फिर्ता भएको हो। 
 
प्रकाशित मिति: १८:२५ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्