सात दिन थुना म्याद माग्दै प्रसाईंलाई अदालत लगियो
नेपाल प्रहरीको साइबर ब्युरोले थप ७ दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको हो।
काठमाडौं, असोज ९ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा लगिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले थप ७ दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको हो।
साइबर अपराधसम्वन्धी एक उजुरीका आधारमा प्रसाईं गत असोज ६ गते भक्तपुरको थिमी स्थित निवासबाट पक्राउ परेका थिए।
साइबर अपराधको आरोपमा प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ।
प्रसाईंले युट्युब मार्फत एक महिला र अर्का एक पुरुषको चरित्रहत्या गरेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका हुन्।
प्रकाशित मिति: १६:५० बजे, बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












