Kathmandu Press

चट्याङ लागेर वृद्धको मृत्यु

  चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ।
चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा, असोज ९ ।  चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन्।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्