बतास फाउन्डेसनले उपत्यकाका छाडा चौपाया संकलन गर्दै
काठमाडौं बैशाख २ः काठमाडौं उपत्यकाको छाडा चौपायाहरु सोमबारदेखि संकलन गर्न थालिएको छ।
पशुपति विकास कोषको सहकार्यमा बतास फाउन्डेशनले उपत....

काठमाडौं बैशाख २ः काठमाडौं उपत्यकाको छाडा चौपायाहरु सोमबारदेखि संकलन गर्न थालिएको छ।
पशुपति विकास कोषको सहकार्यमा बतास फाउन्डेशनले उपत्यकामा भएका छाडा चौपायाहरुलाई संकलन गर्न थालिएको फाउन्डेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए। उनका अनुसार चौपया संकलन गर्न थालिएको पहिलो दिनमै ४० वटा चौपाया संकलन गरिएको छ।
‘सोमबार जडिबुटी हुँदै धुलिखेलसम्म पुगेका थियौं’ उनले भने, 'लकडाउनको कारण खान नपाएका छाडा चौपायाहरुलाई बचाउने उदेश्यले जनावरको अधिकारलाई सुरक्षित बनाइराख्न योजना बनाइएको हो।’
संकलित चौपायालाई पशुपति विकास कोषकोको नाममा रहेको गोठाटारस्थित खाली जग्गामा राख्ने योजना रहेको उनले बताए। साथै, पाँच सयको हाराहारीमा चौपाय संकलन गर्ने योजना रहेको उनले बताए।

संकलित चौपायालाई पशुपति विकास कोष, फाउन्डेशन र व्यक्तिको सहयोगमा खुवाउने काम भइरहेको छ। संकलन गरेको जनावरलाई कसरी व्यवस्थापन गर्ने योजना नभएपनि तत्काल भने भोकै मर्न नदिने काम भइरेको उनले बताए।
फाउन्डेसनले यसबीचमा अलपत्र मासिनहरुको समेत उद्धार गरेको बताएको छ । गाईको उद्धारमा जाँदै गर्दा लकडाउनका कारण बाटोमा दर्जनौँ बटुवा घर फर्किंदै गरेको भेटेर उनीहरुलाई उद्धार गरिएको हो । उनीहरूलाई ट्रकमा राखेर सिन्धुली छेउसम्म पु¥याइदिएको बतासले जानकराी दिए ।













-(86)-1764936079.jpg)