Kathmandu Press

प्रधानन्यायाधीशविरुद्ध बारको खबरदारी सभा 

खप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकास हुने बेलामा न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाएको विरोधमा खवरदारी सभा गरिएको हो। 
प्रधानन्यायाधीशविरुद्ध बारको खबरदारी सभा 

काठमाडौं, असोज ९ : नेपाल बार एशोशिएशनले बुधवार अपरान्ह न्याय परिषद प्रधानन्यायाधीशको विरोधमा खवरदारी सभा गरेको छ। 

न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै खवरदारी सभा गरेको हो। खप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकास हुने बेलामा न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाएको विरोधमा खवरदारी सभा गरिएको हो। 

Hardik ivf

यसअघि बारले न्याय परिषद्मा धर्ना दिएपछि समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिए पनि कार्य दलमा छलफल नगरी न्यायाधीश नियुक्ति हुन थालेको बारले जनाएको छ। 

बारसमेत रहने गरी सर्वोच्चका न्यायाधीश प्रकासमान सिंह राउत नेतृत्वको कार्यदललाई बेवास्ता गरेको प्रश्न बारले उठाएको छ। आकस्मिक खवरदारी सभामा बार अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषदले जबर्जस्ती न्यायाधीश सिफारिस गरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिए। 

उनले असोज १० गते बिहीबार अपरान्ह १ बजेपछि सर्वोच्च अदालत परिसरमा धर्ना दिने घोषणा समेत गरे।
 

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्