Kathmandu Press

‘रास्वपाको प्रदर्शनले सहकारी पीडितको पीडामाथि उपहास’ 

‘आज एउटा उदयमान राजनीतिक पार्टी देशको विकास, जनताको न्याय र सुशासनको पक्ष काम गर्नु र बोल्नु पर्ने बेलामा सहकारीपीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ, हामी एक आपसमा एउटै देश र एउटै गाउँसहरका नागरिक होइनौं र?,’ विज्ञप्तिमा भनिएको छ।
‘रास्वपाको प्रदर्शनले सहकारी पीडितको पीडामाथि उपहास’ 
पाेखरामा प्रदर्शन गर्दै सहकारी पीडितहरू । फाइल तस्बिर।

कास्की, असोज ९ : पोखराको सूर्यदर्शन सहकारीका पीडितले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडितविरुद्ध प्रदर्शन गरेर ‘पीडामाथि उपहास गरेको’ बताएका छन्। 

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त भनाई राखेका हुन्। पीडितले पोखरामा रास्वपाले केही दिन अघि गरेको प्रदर्शनप्रति आपत्ति जनाएका छन्। 

Hardik ivf

‘आज एउटा उदयमान राजनीतिक पार्टी देशको विकास, जनताको न्याय र सुशासनको पक्ष काम गर्नु र बोल्नु पर्ने बेलामा सहकारीपीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ, हामी एक आपसमा एउटै देश र एउटै गाउँसहरका नागरिक होइनौं र?,’ विज्ञप्तिमा भनिएको छ।

गत असोज ७ गते रास्वपाले पोखरास्थित जिल्ला प्रसासन कार्यालय अगाडि पार्टी सभापति रवि लामिछानेको पक्षमा प्रर्दशन गरेको थियो। सहकारीपीडितको विरुद्ध सिङ्गो पार्टी लागेका कारण आश्चर्यमा परेको विज्ञप्तिमा उल्लेख छ। 

रास्वपाको प्रदर्शनले बास्तविक सहकारीपीडितको पहिचान माथि नै प्रश्न उठाएको समेत बताएका छन् । पीडितले सहकारीको रकम फिर्ता गर्न रास्वपा र उक्त पार्टीका सभापति लामिछाने सहमत छन् ? भन्दै पीडितले प्रश्न पनि गरेका छन्। 

‘हामी सहकारी पीडितका जीवन यापनमा के समस्या छ भन्नेकुरा र कति समस्या छ भन्नेकुरा आजसम्म चिहाएर हेर्ने प्रयास गरिएको छ ? साँच्चिकै सहकारीपीडित प्रति यो राज्य सरकार र यी मानिसमा दयामाया र धर्म नभएकै हो त?,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्