Kathmandu Press

लकडाउन उल्लङ्घन गर्नेलाई सम्झाउन गएका प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

सिरहा, बैशाख २ : प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड –१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे....

लकडाउन उल्लङ्घन गर्नेलाई सम्झाउन गएका प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने १२ जना पक्राउ

सिरहा, बैशाख २ : प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कोविड –१९ को जोखिम हुन नदिन सरकारले जारी राखेकोे लकडाउन उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाका स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि गएराती प्रहरी र स्थानीयबीच झडप भएको थियो। 

सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए।

उच्च सतर्कता

कोविड –१९ को जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि थप सतकर्ता बढाइएको छ।  प्रदेश सरकार लकडाउनलाई प्रभावकारी बनाउने र कोभिड–१९ को परीक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ।  भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको प्रदेश २ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

संक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको र आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरिएको उनले बताए। “सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षण गरिनेछ”, मन्त्री यादवले भने, ' ती स्थानहरुलाई शील गर्नुपर्ने अवस्था आए, त्यो पनि गर्न सकिने तयारी छ।'

गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ। सबैको रिपोर्ट निगेटिभ आएको छ। बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्