राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबिच मा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले वार्षिक प्रतिवेदन पेश गरेका हुन।
काठमाडौँ, ९ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबिच मा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रतिवेदन पेश गरेका हुन।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०÷८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












