Kathmandu Press

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

भेटवार्ताले दशकौंदेखि रहँदै आएको दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाई अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको मन्त्री राणाले बताईन्।
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

अमेरिका, ९ असोज । संयुक्त राष्ट्रसघंको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिला सम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वासबिच भेटवाताए भएको छ।

भेटवार्ताले दशकौंदेखि रहँदै आएको दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाई अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको मन्त्री राणाले बताईन्।

Hardik ivf

उनिहरुबिच नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा छलफल भएको थियो। नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको जनाएको छ।

नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दाै मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी भएको सम्झौताको निरन्तरता हुने विश्वास व्यक्त गरिन

हालै काठमाडौँमा दुई देशबीच सातौं व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रिया सरल परिवर्तन रणनीति अंगीकार गरेको र यो ऐतिहासिक कोसेढुंगाालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको मन्त्री राणले उल्लेख गरिन्।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्