Kathmandu Press

‘सरकारले निर्माण व्यवसायीकाे समस्या चाँडै समाधान गर्छ’

‘निर्माण व्यवसायीका धेरै अप्ठ्याराहरु छन्। र, चुनौतिहरू जुन सामना गरिरहनु भएको छ। व्यवसायीहरूको समस्यामा सरकारले चाँडोभन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ।’
‘सरकारले निर्माण व्यवसायीकाे समस्या चाँडै समाधान गर्छ’

काठमाडौं, असाेज ९ : नेपाल निर्माण व्यवसायी महासंघले  कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन्।

निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको बताए।  

उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडोभन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे।

‘निर्माण व्यवसायीका धेरै अप्ठ्याराहरु छन्। र, चुनौतिहरू जुन सामना गरिरहनु भएको छ। व्यवसायीहरूको समस्यामा सरकारले चाँडोभन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए। 

उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए।
 
प्रकाशित मिति: १२:०० बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्