Kathmandu Press

लकडाउनमा अत्यावश्यक सवारीका लागि अब इ-पास

काठमाडौं, बैशाख २ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि मुलुक लकडाउनको अवस्थामा छ। लकडाउनका बेला आपतविपतमा सवारी चलाउन जिल्ला....

लकडाउनमा अत्यावश्यक सवारीका लागि अब इ-पास

काठमाडौं, बैशाख २ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि मुलुक लकडाउनको अवस्थामा छ। लकडाउनका बेला आपतविपतमा सवारी चलाउन जिल्ला प्रशासन कार्यालयमा पुगेर पास लिनुपर्ने व्यवस्थाले थप कोरोनाभाइरसको जोखिम बढ्नसक्ने देखिएका बेला जेनएक्सले इपासको व्यवस्था गरेको छ। 

जेनएक्सले ल्याएको इपास आजदेखि प्रयोगमा आएको छ।  ‘इ–पासको आइडिया फुरेपछि हामीले गृहमन्त्रालसँग छलफल ग¥र्यौ। उहाँहरुले तुरुन्तै स्विकृति दिनुभयो र १० दिन भित्र सवै प्राविधिक काम सक्न भन्नुभयो,’ संस्थाका प्रवन्ध निर्देशक सोहन श्रेष्ठले काठमाडौंप्रेससँग भने, ‘हाम्रो टिमले भारतीय कम्पनी कमभिभा टेक्नोलोजीजको सहयोगमा दिनरात काम गर्यो र १० दिनभित्र सबै काम सक्यौं।’ 

गृहमन्त्रालयसँग समन्वय गरेर जेनएक्सले बनाएको इ पासको सिस्टमबाट खाद्यन्न ढुवानी, बिरामी ओसारपसार, शववाहन लगायतका अति आवश्यक कामका लागि पास डिजिटल सिस्टमबाटै गर्न सकिनेछ।

‘अहिलेको अवस्थामा संक्रमण सर्ने डर छ। पास लिन जानेको जिल्ला प्रशासन कार्यालयमा भिड हुन थाल्यो। पास लिन जाने र वितरण गर्ने दुवै असुरक्षित देखेपछि हामीले यो कन्सेप्ट बनाएका हौं,’ श्रेष्ठ भन्छन्,  ‘भूकम्पका बेला अलिअलि ट्याक्सी गुडेका थिए। अहिले त त्यो पनि छैन। बुढानिलकण्ठमा कोही विरामी भए पास लिन बबरमहल आउनुपर्ने अवस्था अन्त्यका लागि यो सिस्टम बनाएका हौं।’

कम्पनीले मानविय सेवा र सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क इ–पासको सिस्टम बनाएको जनाएको छ। ‘यो बेला सेवा नै ठूलो धर्म हो। सँगै सामाजिक उत्तरदायित्व पनि जोडिन्छ। हामीले निशुल्क इ–पासको सिस्टम गृहमन्त्रालयलाई उपलब्ध गराएका हौं,’ श्रेष्ठले भने। 

कसरी प्रयोग गर्ने?

लकडाउनको समयमा कसैलाई पास आवश्यक परे आफ्नो मोवाइल नम्बर टाइप गरेर १११२ मा एसएमएस गर्नुपर्नेछ। एसएमसपछि म्यासेज बस्कमा लिंक आउँछ। लिंक खोलेपछि गृहमन्त्रालयको पेज खुल्छ। पेज खुलेपछि जिल्ला छानेर आवश्यक विवरण र कागजात अपोलोड गर्नुपर्नेछ। सबै विवरण हेरपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पास दिने वा नदिने निर्णय गर्छ। पासका लागि गरिएको अनुरोध स्विकृत भएको वा नभएको जानकारी पुनः एसएमसमार्फत नै आउँछ। एसएमएस गरेको र लिंक खुल्दा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले पैसा काट्दैनन्। यदी पास स्विकृत भएको खण्डमा ६ अंकको कोड आउँछ। त्यो कोड लिएर सवारी चलाउन सकिन्छ। प्रहरीले चेकजाँच गर्दा त्यही ६ अंकको कोड माग्छ। प्रहरीका लागि बनाइको सिस्टममा त्यो कोड हालेपछि अनुमति प्राप्त क्षेत्र, मिति, सवारी साधनको नम्बर आदी देखाउँछ। यसले प्रहरीले समेत टाढैबाट चेकजाँच गर्न सक्छ। इ–पासको सिस्टम सबै हिसाबले जोखिम र झन्झट रहित रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्