Kathmandu Press

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

न्युयोर्क, असोज ९ : प्रधानमन्त्री केपी ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए। 
 
प्रकाशित मिति: १०:२८ बजे, बुधबार, असोज ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्