Kathmandu Press

कार्यकर्तालाई रवि लामिछानेको आह्वान- अलर्ट रहनुहोला

' सरकारले अन्याय गर्न खोज्यो भने दसैं, तिहार, छठ जे भएपनि त्यसविरूद्ध उभिनुस्'
कार्यकर्तालाई रवि लामिछानेको आह्वान- अलर्ट रहनुहोला

काठमाडौं, असोज ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कार्यकर्ताहरूलाई अलर्ट रहन आह्वान गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा लाइभ आएका लामिछानेले सरकारले अन्याय गर्न खोजे अलर्ट रहन कार्यकर्ताहरूलाई आह्वान गरेका हुन्। 

'हिजो पनि अन्याय हुँदा सघाउनु भयो आज पनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला। आज पनि अन्याय गर्‍यो भने दसैं, तिहार छठ जे भएपनि अन्यायका विरूद्धमा उभिनुहोला,' उनले भने। 

उनल आफ्नो पक्षमा नभई न्यायको पक्षमा उभिन पनि आग्रह गरे। यद्यपि दोषी देखिएको खण्डमा जहाँ जान परेपनि आफू तयार रहेको उनले बताए। 

'थुनिनु पर्छ कि। काठमाडौंमै जाने हो कि। पोखरा जानुपर्ने। म तयार छु। तर सही मुद्दामा। षड्यन्त्र गरेर होइन। झुक्याएर, छक्याएर होइन,' उनले भने। 

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, असोज ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्