Kathmandu Press

संघीयतापछि शिक्षा र स्वास्थ्यमा मुलुक आत्मनिर्भर बन्दै छ : देउवा 

‘जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ। अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो । यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ। यो विगतदेखि नै सरकारको नीति हो,’ देउवाले भने। 
संघीयतापछि शिक्षा र स्वास्थ्यमा मुलुक आत्मनिर्भर बन्दै छ : देउवा 
फाइल तस्बिर।

काठमाडौं, भदौ ८ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीयता कार्यान्वयनपछि शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको भनाई राखेका छन्। 

मंगलबार पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको उद्घाटन गर्दै देउवाले उक्त भनाई राखेका हुन्। उनले कार्यक्रमलाई संवोधनका क्रममा सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिक हितमा काम गर्नुपर्ने पनि बताए। 

Hardik ivf

यस्तै देउवाले आधारभूत अस्पताललाई जनतालाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रवाह गनुपर्ने आवस्यकता पनि औंल्याए।  उनले आधारभूत सेवालाई जनस्तरसम्म पु¥याउनको लागि सरकारले अधिकतम प्रयास गर्दै आइरहेको समेत उल्लेख गरे। 

‘जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ। अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो । यी दुवै कुराको सम्बोधनका लागि सरकारले ध्यान दिइरहेको छ। यो विगतदेखि नै सरकारको नीति हो,’ देउवाले भने। 

अस्पतालले पालिकाका मात्र नभइ अन्य क्षेत्रका बिरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने विश्वास पनि सभापति देउवाले व्यक्त गरे। ‘जनहितका काम गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकार स्थायित्व र संविधान संशोधनका लागि सरकार बनेको बताए। 

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्