Kathmandu Press

राजदूतमा समावेशी सिद्धान्त पालना गर्न समितिले दियो सरकारलाई निर्देशन

सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न भनेको छ। 
राजदूतमा समावेशी सिद्धान्त पालना गर्न समितिले दियो सरकारलाई निर्देशन

काठमाडौं, भदौ ८ : संसदीय सुनुवाइ विशेष समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न भनेको छ। 

समिति सभापति ईश्वरीदेवी न्यौपाने नेतृत्वको समितिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम समानुपातिक सिद्धान्तको आधारमा समावेशी र गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिले सरकारबाट राजदूत नियुक्तिका लागि सिफारिस हुँदा संसदीय सुनुवाइ समितिको कार्यविधिको दफा ३ को उपदफा २ र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को खण्ड ६ बमोजिम सम्बन्धित उम्मेदवार वा व्यक्तिको योग्यता लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रमाणित कागजात एकैसाथ राख्न पनि भनेको छ। 

प्रकाशित मिति: १९:५६ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्