Kathmandu Press

मलाई पक्राउ गर्न दसैं कुर्नु पर्दैन : रवि लामिछाने

'विरोध गर्न कोही आउँदैनन् भनेर चाडवाडको मौका छोप्न पर्दैन'
मलाई पक्राउ गर्न दसैं कुर्नु पर्दैन : रवि लामिछाने
फाइल तस्वीर ।

काठमाडौं, असोज ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न दसैं कुर्न नपर्ने बताएका छन्।

मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका लामिछानेले चाडवाडको मौका छोपेर आफूलाई पक्राउ गर्ने हल्ला चलाएको बताउँदै दोषी देखिए दसैं कुर्न नपर्ने बताएका हुन्।

'दसैंमा घर जान्छन् । विरोध गर्न कोही आउँदैनन् भनेर मौका छोप्न पर्दैन,' उनले भने, ' मलाई पक्राउ गर्न दशैं कुर्नुपर्दैन ।'

लामिछानेले आफू अनुसन्धानमा तानिए सघाउन तयार भएको बताए।

'यी यी ठाउँमा दोषी देखियो भनेर देखाउनुस् । म सघाउन तयार छु। तर तर्साउन खोज्ने, मिडिया ट्रायल गर्ने, प्रहरीलाई बुझ्न पठाउने नगर्नुस्,' उनले भने।

लामिछानेले सहकारीम ठगी प्रकरणमा संसदीय छानबिन समितिदेखि पूर्वप्रधानमन्त्री सुरक्षा निकायहरू सबैले संलग्नता नभएको बताएको पनि दाबी गरे।

'तत्कालीन प्रधानमन्त्रीले संसदमै भनेको कुरा हो। समितिले पनि दोषी छैन भनिसकेको छ। छलछामबाट तर्साउन खोज्ने ?,' उनले भने।

लामिछानेले आफूमाथि अन्याय भएको र त्यसका लागि न्यायिक प्रणालीमा जाने पनि बताए।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्