Kathmandu Press

साहारा चितवन सहकारीको ३७ करोड ६५ लाख बचत अपचलनमा जिबीसहित १७ जनाविरूद्ध मुद्दा

गोर्खा मिडियामा गएको ४७ करोड रूपैयाँबारे अनुसन्धान गरी पूरक प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन
साहारा चितवन सहकारीको ३७ करोड ६५ लाख बचत अपचलनमा जिबीसहित १७ जनाविरूद्ध मुद्दा

काठमाडौं, भदौ ८ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गितेन्द्रबहादुर (जीबी) राईसहित १७ जना विरूद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरी छानविन प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकीलको कार्यालय चितवनले सहकारीको कुल ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ अपचलन भएको दाबीसहित मुद्दा दायर गरेको हो ।

चितवन प्रहरीले साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको आरोपपत्रमा उल्लेख गरेको छ । यस विषयमा पुनः अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्नसमेत चितवन सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ ।

सहकारीको रकम हिनामिना भएको भन्दै ४ सय भन्दा बढी सहकारी पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यस आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो।

सहकारीमा कुल ६ हजार ३३४ बचताकर्ता थिए । जिबी राईसहित १६ जनालाई फरारको सूचीमा राखेर मुद्दा दर्ता गरिएको छ।

सरकारी वकिलको कार्यालयले साहारा सहकारीबाट रकम गोर्खा मिडियामा गएको ४७ करोड रूपैयाँ बराबरको कारोबारमाथि पनि अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, असोज ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्