Kathmandu Press

रास्वपाले दशैं तिहारलगत्तै मेची-महाकाली यात्रा गर्ने

जागरण यात्रामा पार्टी सभापति रवि लामिछानेले यात्राभर रहने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने बताइएको छ।
रास्वपाले दशैं तिहारलगत्तै मेची-महाकाली यात्रा गर्ने

काठमाडौं, असोज ८ । राष्ट्रिय स्वतन्त्र पार्टीले मेची-महाकाली जागरण यात्रा गर्ने भएको छ।

पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेलाले निर्णय गरेअनुसार  मेची-महाकाली जागरण यात्रा गर्न लागेको हो।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले दशैं तिहारलगत्तै  जागरण यात्रा सुरू हुने जानकारी दिइन्। उनका अनुसार जागरण यात्रा दार्चुलाबाट सुरू हुनेछ। महाकाली किनारबाट सुरू गर्ने तय भएपनि मध्यपहाडी लोकमार्ग केन्द्रीत भएर गर्ने कि पूर्व पश्चिम राजमार्ग हुँदै गर्ने भन्ने तय भइसकेको छैन।

जागरण यात्रामा पार्टी सभापति रवि लामिछानेले यात्राभर रहने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने बताइएको छ।

रास्वपाले संगठन नबनिसकेको स्थानमा जागरण यात्रा केन्द्रीत रहने पनि बताएको छ।

जागरण यात्रामा  गाउँवस्ती पुग्ने र त्यहाँका नागरिकहरूको पीरमार्का सुन्ने रास्वपाले जनाएको छ।

रास्वपाले देशभरमा ४ सय पालिका र दुई हजार वडामा संगठन विस्तार गरेको छ।

रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म पहिलो महाधिवेशन गर्ने यसअघि नै तय गरिसकेको छ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, असोज ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्