Kathmandu Press

कोरोना देखिएपछि सनसिटीमा सबैको परीक्षण गरिँदै

काठमाडौं, वैशाख २ :  लन्डनबाट आएका दुई जनामा कोरोना देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्न थालिएको छ।

स....

कोरोना देखिएपछि सनसिटीमा सबैको परीक्षण गरिँदै
रिवाज राई

काठमाडौं, वैशाख २ :  लन्डनबाट आएका दुई जनामा कोरोना देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्न थालिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उनीहरुको आजैदेखि कोरोना परीक्षण गर्न सुरु गरिएको हो। सनसिटीमा पाँच सयभन्दा बढी बस्दै आएका छन्।

गत चैत ५ गते लन्डनबाट आएका दुई जनामा कोरोना देखिएको छ। सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा तीन जनामा एन्टीबडी देखिएको थियो।

उनीरुलाई पाटन अस्पताल भर्ना गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो। आज आएको परीक्षण रिपोर्टमा ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना देखिएको हो।

अर्कोमा भने कोरोना नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना देखिएका दुवै जनाको उपचार भइरहेको जनाएको छ।

सनसिटीमा बस्ने दुई जनामा कोरोना देखिएपछि त्यहाँ रहेका सबैको परीक्षण गर्न सुरु गरिएको हो।

अहिलेसम्म नेपालमा १६ जनामा कोरोना देखिएको छ। एक जना निको भएर घर फर्किसकेका छन भने १५ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्