Kathmandu Press

श्रीलंकाका लागि प्रस्तावित राजदूत खड्काले फिर्ता लिए नाम

भट्टराईले भने व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन समितिमा दर्ता गराएछन्। 
श्रीलंकाका लागि प्रस्तावित राजदूत खड्काले फिर्ता लिए नाम

काठमाडौं, असोज ८ : श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। 

स्नातक पास गरेको प्रमाणपत्र पेश गर्न नसेकपछि संसदीय सुनुवाइ समितिले भट्टराईको नाम सिफारिस गरेको थिएन्। सोही कारण उनले नाम फिर्ता लिएका हुन्।

तर, भट्टराईले भने व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन समितिमा दर्ता गराएछन्। 

आजै बस्ने समितिको बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिने छ। 

न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई सरकारले सिफारिस गरेर पठाउनु ठिक नभएको सभापति ईश्वरीदेवी न्यौपानेको भनाइ छ।

प्रकाशित मिति: १६:१० बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्