Kathmandu Press

प्रहरी र सरकारसँग सर्वोच्चले माग्यो दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो।

काठमाडौं, असोज ८ : सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ।

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो।

साइबर ब्यूरोले आइतबार प्रसाईंलाई आइतबार भक्तपुरस्थित घरबाटै पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। 

प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्