मुगुमा बाढीपहिरोले लाखौँको अन्नबाली क्षति
मुगुुु, बैशाख २ : गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ। मुगु खत्या....

मुगुुु, बैशाख २ : गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पुर्याएको छ। मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो।
'पाकेको जौं र गहुँ भित्र्याउने तयारी गरिरहेका बेला बाढी आएर खेतसहित सबै बाली बगाएर लग्यो। यो लकडाउनका बेला कसरी परिवार पाल्ने हो,' स्थानीय दीपबहादुर कार्कीले भने,'पानी पर्ने र खोलामा बाढी आइरहने क्रम नरोकिएकाले अझै कति क्षति हुने हो थाहा छैन।'
सोमबार राति नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि ठूलै क्षति पुर्याएको छ। गाँउपालिका–२ नाथर्पु गाँउका लोकबहादुर कार्की र जोगीवाडा गाउँका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउँदा धनमालका साथै १० भेडाबाख्रासमेत बगेको स्थानीय स्वास्थ्यकर्मी मञ्जन शाहीले बताए। उनका अनुसार रावलबाडा, गुल्म, जवारधारामा पनि बाढीले लाखौँको अन्नबाली र खेत बगाएको र घटनास्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरी बिहानै घटनास्थलततर्फ गएका छन्।
सोरु गाँउपालिकामा भएको घटनाको जानकारी भएर घटनास्थलतर्फ प्रहरी गएको र ठूलै संख्यामा भेडाबाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौँको क्षति भएको भन्ने जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदलबाट पश्चिम र उत्तरमा छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


