Kathmandu Press

आईएमएफले भन्यो– नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ

भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ। 
आईएमएफले भन्यो– नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ

काठमाडौं, असोज ८ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिए बताएको छ। उसले सुधारको संकेत पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ। 

आईएमएफको श्रीलंकका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहको आईएमएफ टोलीले उक्त भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने जनाएको हो। 

Hardik ivf

भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ। 

‘नेपालको अर्थतन्त्रले पुनःउत्थानको प्रारम्भिक संकेत देखाइरहेको छ। नयाँ तथ्यांकले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ। कर संकलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ। कर्जा विस्तारमा सुधार भइरहेको, मुद्रास्फीति घटेको, विदेशी मुद्राको सञ्चिति बढेकोलगायत सुधारका सकंत देखिएको उसले जनाएको छ। 

विदेशी मुद्रा सञ्चिति बढ्नुमा विप्रेषण आप्रवाह बढ्नु, पर्यटन क्षेत्र लयमा फर्किनु र वैदेशिक व्यापारमा आयातको अंश घट्नुलाई उसले जिम्मेवार मानिएको छ। अर्थतन्त्र सुधारका सुरुवाती संकत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ।

‘सुदृढ र समावेशी आर्थिक विकासको बाटोमा अर्थतन्त्रलाई लैजान सुधारको गतिलाई तीव्र बनाउन आवश्यक छ। यसका लागि सार्वजनिक लगानी कार्यान्वयनलाई सुदृढ गर्नु, आन्तरिक राजस्व संकलनलाई अझ सशक्त बनाउनु, र अनुदान वितरणलाई प्रभावकारी तथा छरितो गर्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ। 

नेपालमा इसिएफ कार्यान्वयनका लागि आईएमएफले राखेको एउटा महत्वपूर्ण शर्तमध्ये १० वटा ठूला वाणिज्य बैंकहरुको कर्जा ‘पोर्टफोलिया’ समीक्षा पनि एउटा हो। नेपाल राष्ट्र बैंकले सिपिआर प्रक्रिया अघि बढाउन प्रस्ताव आह्वान गरेको भए पनि आर्थिक तथा प्राविधिक मूल्यांकनपछि कुनैपनि कम्पनी योग्य नदेखिएको भन्दै यो प्रक्रिया रद्ध भएको छ।

आईएमएफ टोलीले नेपालमा रहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीलगायत उच्चपदस्थ अधिकारी र राष्ट्र बैंकका अधिकारीसँग भेटघाट र छलफल गरेको थियो।

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्