Kathmandu Press

परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै मन्त्री डा. राणाले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन्।
परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं, असोज ८ : संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छिन्। 

सोमबार भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराइन्। नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै मन्त्री डा. राणाले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन्।

Hardik ivf

गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो। आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो। 

सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्री डा. राणाले ले बताइन्। 

यस्तै, उनले विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताइन्। 

‘दोश्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ। हामी इतिहासको जटिल मोडमा उभिएका छौ, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ,’ उनले भनिन्, ‘जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५औं वर्षमा हामी छौं तर पनि नागरिकहरुको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरुलाई बेवास्ता गरिरहेका छौं। यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरू सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ।’

परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन्। उनले गाजामा नागरिक, पत्रकार, राष्ट्रसंघीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गरिन्। 

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, असोज ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्