प्रधानमन्त्री ओली र डीएफसी उप–प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
भेटमा नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको बताएको छ।
काठमाडौं, असोज ८ : प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच राष्ट्र संघको ७९औं महासभाको दौरान साइडलाइनमा सोमबार भेटवार्ता भएको हो।
भेटमा नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको बताएको छ।
दुई जनाबीच नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको बताइएको छ।
भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि सहभागी थिइन्।
प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार