त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।नवलपरासी, असोज ८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन्। बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए।
प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन खरिद विक्रीमा संघ र महासंघको सिण्डिकेट रोक्न अन्तरिम आदेश बुधबार, मंसिर १२, २०८१
प्रतिष्ठाको लडाईं बन्दै उपनिर्वाचन, दलहरु प्रचारप्रसारमा केन्द्रित बुधबार, मंसिर १२, २०८१
उद्योगका लाईन नकाट्ने प्राधिकरण बोर्डको निर्णयबुधबार, मंसिर १२, २०८१
दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी बुधबार, मंसिर १२, २०८१