Kathmandu Press

बाँकेमा पतिको कुटाइबाट पत्नीको निधन

बाँके, बैशाख २ : बाँकेको वैजनाथ गाउँपालिका –२  नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ।  नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह....

बाँकेमा पतिको कुटाइबाट पत्नीको निधन

बाँके, बैशाख २ : बाँकेको वैजनाथ गाउँपालिका –२  नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ।  नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो। 

घाइते दिलमायालाई घटनाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो।

उनको शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ। अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्