कोरोनाका कारण पाकिस्तानी क्रिकेटर जाफरको निधन
काठमाडौं, बैशाख २ : कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानी क्रिकेटेर जाफर सर्फराजको निधन भएको छ। कोरोनाको संक्रमण देखिएपछि पेशावरस्थित एक अस्पतालमा तीन ....

काठमाडौं, बैशाख २ : कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानी क्रिकेटेर जाफर सर्फराजको निधन भएको छ। कोरोनाको संक्रमण देखिएपछि पेशावरस्थित एक अस्पतालमा तीन दिनदेखि आईसियूमा उपचार गराइरहेका जाफरको आजै निधन भएको हो।
५० वर्षीय जाफरले लागि सन् १९८८ देखि सन् १९९४ सम्म पाकिस्तानी राष्ट्रिय टिमबाट खेलेका थिए। व्याटिङक अलराउन्डर जाफरले यसबीचमा राष्ट्रिय टिमबाट थोरै मात्र अवसर पाएका थिए। उनले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ९६ रन बनाएका थिए।
यस्तै, जाफरले पेशावरबाट १५ फस्ट क्लास क्रिकेट खेल्दै ६१६ रन बनाएका छन्। क्रिकेट खेल्न छाडेपछि जाफर प्रशिक्षक बनेका थिए। उनले पेशावरको सिनियर टिम र यू–१९ टिमलाई प्रशिक्षण दिएका थिए।
जाफर पाकिस्तानी पूर्व राष्ट्रिय खेलाडी अख्तर सर्फराजका भाइ हुन्। आन्द्राको क्यान्सरका कारण अख्तरको १० महिनाअघि निधन भएको थियो।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाकै कारण पाकिस्तानमा ९३ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ५सयभन्दा बढी संक्रमित छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


