Kathmandu Press

जोशीविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान सुरु 

सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा संलग्नताको आधार खुलाएर प्रहरीले जोशीविरुद्ध अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग म्याद मागेको थियो।
जोशीविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान सुरु 

कास्की, असोज ७ : सहकारीको बचत अपचलन आरोपमा आइतबार पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान हुने भएको छ। 

काश्की प्रहरीले ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने प्रयोजन खुलाइर अदालतबाट ५ दिनको थुना अनुमति पाएको छ। 

Hardik ivf

सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा संलग्नताको आधार खुलाएर प्रहरीले जोशीविरुद्ध अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग म्याद मागेको थियो।

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न सांसद सूर्य थाको नेतृत्वमा गठित संसदीय विशेष समितिले सूर्यदर्शनसहित विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको किटान गरेको छ। 

संसदीय समितिले ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने प्रतिवेदनमा उल्लेख गरेको छ । कास्की प्रहरीले सोमबारदेखि नै जोशीको बयान लिन शुरु गरेको छ। 

अहिले ठगी र संगठित अपराधमा अनुसन्धान हुने भए पनि छानविनका क्रममा अन्य कसुर आकर्षित भए पुनः अदालतबाट म्याद थप गरी छानविन गर्न सकिने कानुनी व्यवस्था छ। 

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्