Kathmandu Press

न्यायाधीश नियुक्तिमा परिषदमा जुटेन सहमति 

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सोमबार दिउँसो ३ बजेदेखि दुई घण्टा परिषद् बैठक बसेको थियो। 
न्यायाधीश नियुक्तिमा परिषदमा जुटेन सहमति 

काठमाडौं, असोज ७ : सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठक सहमति नजुट्दा विना निष्कर्ष सकिएको छ। 

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सोमबार दिउँसो ३ बजेदेखि दुई घण्टा परिषद् बैठक बसेको थियो। 

तर पदाधिकारीविच सहमती नजुट्दा बैठकमा कुनै निर्णय हुन सकेन। पदाधिकारीबीच सहमति जुटाएर निर्णय गर्ने गरी अर्को दिन पुनः बस्ने भन्दै बैठक टुंगिएको छ। 

प्रकाशित मिति: १७:५० बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्