प्रस्तावित राजदूत भट्टराईको बिषयमा भएन निर्णय
सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने भनिएको उक्त बैठकमा प्रस्तावित राजदूत भट्टराईले योग्यताको कागजपत्रहरू उपलब्ध गराउन नसकेपछि मंगलवारका लागि बैठक स्थगित भएको जनाइएको छ।
काठमाडौं, ७ असोज ः श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बिषयमा निर्णय गर्न सोमबार डाकिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने भनिएको उक्त बैठकमा प्रस्तावित राजदूत भट्टराईले योग्यताको कागजपत्रहरू उपलब्ध गराउन नसकेपछि मंगलवारका लागि बैठक स्थगित भएको जनाइएको छ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि समितिबाट सिफारिस गर्न जटिलता उत्पन्न भएको थियो।
यसअघि विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भइसकेको छ। भट्टराईको बायोडाटामा स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेता पनि मार्गसिटमा फरक परेपछि निर्णय लिन कठिनाई भएको हो।
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार