Kathmandu Press

साइवर ब्युरोमा प्रसाईंको बयान शुरु 

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई वीर अस्पतालबाट ब्युरोमा लगेर बयान शुरु गरेको हो।
साइवर ब्युरोमा प्रसाईंको बयान शुरु 

काठमाडौं, ७ असोज  ः साइबर अपराधको आरोपमा आइतबार पक्राउ परेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रहरीले बयान सुरु गरेको छ। 

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई वीर अस्पतालबाट ब्युरोमा लगेर बयान शुरु गरेको हो।

प्रसाईं पक्राउपछि आइतबार राति वीर अस्पताल भर्ना भएका थिए। प्रहरीले वीर अस्पतालबाटै बयानका लागि ब्युरोमा लगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध साइबर ब्युरोमा दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए। व्यूरोले अदालतको अनुमति लिएर पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको छ। 


 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्