Kathmandu Press

कोरोना संक्रमित १९ लाख, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं, वैशाख २ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या १९ लाख नाघेको छ। सबको सबैभन्दा बढी अमेरिकामा रहेका छन्।

मंगलबार मध्याह्नसम्म देश ....

कोरोना संक्रमित १९ लाख, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं, वैशाख २ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या १९ लाख नाघेको छ। सबको सबैभन्दा बढी अमेरिकामा रहेका छन्।

मंगलबार मध्याह्नसम्म देश र स्वशासित क्षेत्र गरि दुई सय १० भूभागमा १९ लाख २५ हजार पाँच सय ७१ जनामा कोरोना देखिएको छ। जसमध्ये एक लाख १९ हजार सात सय १८ जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मंगलबारसम्म चार लाख ५२ हजार एक सय ८८ जना निको भएका छन्। त्यस्तै, १३ लाख ५३ हजार ६ सय ६५ जना उपचाररत छन्।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८७ हजार एक सय ७३ जनामा कोरोना देखिएको छ। जसमध्ये २३ हजार ६ सय ६४ जनाको मृत्यु भएको छ। अझै १२ हजार सात सय ७२ जना गम्भीर रहेका छन्।

यसैगरि एक लाख ७० हजार ९९ जना बिरामी परेका छन भने १७ हजार सात सय ५६ जनाको मृत्यु भएको छ। इटालीमा एक लाख ५९ हजार पाँच सय १६ जनामा कोरोना देखिएको छ भने २० हजार चार सय ६५ जनाको ज्यान गएको छ।

फ्रान्समा एक लाख ३६ हजार सात सय ७९ जना बिरामी परेका छन भने १४ हजार नौ सय ६७ जनाको मृत्यु भएको छ। जर्मनीमा एक लाख ३० हजार ७२ जनामा कोरोना देखिएको छ भने तीन हजार एक सय ९४ जनाले ज्यान गुमाएका छन्।

यस्तै, ८८ हजार ६ सय ६१ जनामा कोरोना देखिएको छ भने ११ हजार तीन सय ३९ जनाको मृत्यु भएको छ। चीतमा ८२ हजार दुई सय ६९ जनामा कोरोना देखिएको छ भने तीन हजार तीन सय ४१ जनाको मृत्यु भएको छ।

चीनमा फेरि संक्रमण देखिन थालेको छ। गत २४ घन्टामा थप ८९ जनामा संक्रमण देखिएको छ।

छिमेकी भारतमा पनि संक्रमण बढ्दै गएपछि लकडाउन तीन साता बढाएर वैशाख २१ गतेसम्म लम्बाइएको छ। भारतमा कोरोना संक्रमितको संख्या १० हजार पाँच सय ४१ पुगेको छ भने तीन सय ५८ जनाले ज्यान गुमाएका छन्।

नेपालमा पनि संक्रमितको संख्या १४ पुगेको छ। सोमबार कैलालीमा एक जना महिला र रौतहटमा एक युवकमा कोरोना देखिएको थियो। कोरोनाको संक्रमण देखिएकामध्ये एक जना निको भइसकेका छन भने १३ जनाको उपचार भइरहेको छ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले भोलिसम्म लकडाउनको घोषणा गरिएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले फेरि लकडाउन लम्ब्याउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्