Kathmandu Press

पत्रकार महासंघविरुद्ध सर्वाेच्चमा रिट 

नेपाल पत्रकार महासंघलाई विपक्षी बनाएर वर्तमान कार्यसमितिले तोकिएको समयसीमामा निर्वाचन गराउन नसकेकाले वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग सहित सोमबार ध्रुवप्रसाद चौलागाईंले रिट निवेदन दर्ता  गराएका हुन्। 
पत्रकार महासंघविरुद्ध सर्वाेच्चमा रिट 

काठमाडौं, ७ असोज : नेपाल पत्रकार महासंघविरुद्ध सर्वाेच्चमा रिट परेको छ। तोकिएको समयमा निर्वाचन हुन नसकेपछि सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।

सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेकाले वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग सहित रिट निवेदन दर्ता  गराएका हुन्। 

रिट निवेदनमा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरी बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ। यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्न समेत माग गरिएको छ। 

महासंघको सदस्यता विवादका कारण पत्रकार महासंघको निर्वाचन समयमा गराउन नसकेकै कारण अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् भने निर्वाचन कहिले हुने भन्नेमा अन्यौलता कायमै छ। नियमित चुनाव हुँदा महासंघको निर्वाचन गत चैतमा नै हुनुपर्ने थियो। 
 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, असोज ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्