दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाेच्चमा निवेदन
साइबर अपराधको आरोपमा आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाच्च अदालतमा निवेदन परेको हाे।
काठमाडौं, ७ असोज : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन परेको छ।
सर्वाेच्चमा प्रसाईंका कानुन व्यवसायीले बन्दिप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
प्रसाईं रिहाईको माग गर्दै परेको निवेदन सर्वाेच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए। प्रसाईंको अनुसन्धानका लागी काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई ३ दिनको म्याद दिएको छ।
प्रकाशित मिति: १४:१७ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












