Kathmandu Press

दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाेच्चमा निवेदन

साइबर अपराधको आरोपमा आइतबार पक्राउ परेका  मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाच्च अदालतमा निवेदन परेको हाे।
दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाेच्चमा निवेदन

काठमाडौं, ७ असोज : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहाईको माग गर्दै सर्वाेच्च अदालतमा निवेदन परेको छ।

सर्वाेच्चमा प्रसाईंका कानुन व्यवसायीले बन्दिप्रत्यक्षीकरणको निवेदन दिएका हुन्। 

प्रसाईं रिहाईको माग गर्दै परेको निवेदन सर्वाेच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए। प्रसाईंको अनुसन्धानका लागी काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई ३ दिनको म्याद दिएको छ। 

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, असोज ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्