Kathmandu Press

रविलाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई मुकुल ढकालको आग्रह

विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको बताउँदै रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन्।
रविलाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई मुकुल ढकालको आग्रह

काठमाडौं, भदौ ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले ‘सहकारी ठग’ लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका छन्।

ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुने भन्दै ढकालले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। 

उनको भनाई पूर्व गृह मन्त्री रवि लामिछाने लक्षित छ। विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको बताउँदै रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, ताकि कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,’ ढकालले भनेका छन्, ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो।’

ढकालले विधिको शासन स्थापना गर्ने बेला रास्वपा नेता वा जोसुकै भए पनि जेलमा कोच्ने बेला रहेको समेत बताएका छन्। कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुन नहने भनाई उनको छ। 

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, असोज ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्