Kathmandu Press

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि परिषद् बैठकको तयारी 

परिषद् बैठकका लागि दिउँसो ३ बजे बस्ने तय भएको छ। परिषद्ले सर्वोच्चका लागि ६ न्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ। 
सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि परिषद् बैठकको तयारी 

काठमाडौं, भदौ ७ : सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिसका लागि सोमबार दिउँसो न्याय परिषद्को बैठक बस्ने तयारी भएको छ। 

परिषद् बैठकका लागि दिउँसो ३ बजे बस्ने तय भएको छ। परिषद्ले सर्वोच्चका लागि ६ न्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ। 

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ आगामी असोज १९ गतेदेखि अवकासमा जाने भएकाले त्यस अगावै न्यायाधीश नियुक्तिको तयारी भएको हो। 

परिषद् बैठक आइतबार पनि बसेको थियो । छलफल नटुंगिएका कारण सोमबार पनि बस्ने तयारी गरिएको हो । 

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्