विश्वलाई दुर्घटना हुनबाट जोगाउन अहिले नै काम गर्न आवश्यक छ : प्रधानमन्त्री ओली
विश्वव्यापी शासन परिवर्तन र संस्थाहरूलाई उद्देश्यका लागि उपयुक्त रूपले समान तरिकाबाट बनाउन बलियो शैलीमा काम गर्नुपर्नेमा ओलीको जोड थियो।काठमाडौं, असोज ७ : प्रधानमन्त्री केपी ओलीले विश्वलाई दुर्घटना हुनबाट जोगाउन अहिलेदेखि नै काम गर्नुपर्ने बताएका छन्।
न्युयोर्कमा आएको ‘समिट अफ द फ्युचर’लाई सम्बोधन गर्दै ओलीले अल्पविकसित मुलुकहरूले आपसी समन्वय, बृहत् पक्ष र विज्ञानमा आधारित नीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। ओलीले अल्पविकसित देशहरूको समूह (एलडीसी)को अध्यक्ष हुन्।
उत्पादनशील क्षमता, दिगो औद्योगीकरण, पूर्वाधार र आर्थिक विविधीकरणमा लगानी महत्त्वपूर्ण ओलीले उल्लेख गरे। विश्वव्यापी शासन परिवर्तन र संस्थाहरूलाई उद्देश्यका लागि उपयुक्त रूपले समान तरिकाबाट बनाउन बलियो शैलीमा काम गर्नुपर्नेमा ओलीको जोड थियो।
उनले भावी पुस्ताका लागि घोषणापत्र, शान्तिपूर्ण, समृद्ध र दिगो भविष्यको खाका र बहुपक्षीयताप्रति नवीकरणको प्रतिबद्धतालाई संयुक्त राष्ट्रले केन्द्रमा राखेको बताए।
प्रकाशित मिति: १२:०५ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिपुर र काठमाडौं-१६ मा आचारसंहिता उल्लंघनको सूचनाबुधबार, मंसिर १२, २०८१
अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेलबुधबार, मंसिर १२, २०८१
गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण बुधबार, मंसिर १२, २०८१
रास्वपाका नेताको भाषणको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेशबुधबार, मंसिर १२, २०८१