नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गरिएको हो।
काठमाडौं, असोज ७ : अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ।
आजका लागि तय भएको कार्यक्रमम समय अभावका कारण स्थगित भएको हो। प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गरिएको हो।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका नेपाली टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन्।
प्रकाशित मिति: ११:५८ बजे, सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












