Kathmandu Press

पर्वत र बागलुङमा असिनाले करोडौँको बालीमा नोक्सान

पर्वत, बैशाख २ : गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा ठूलो क्षति पुगेको छ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको तारा....

पर्वत र बागलुङमा असिनाले करोडौँको बालीमा नोक्सान

पर्वत, बैशाख २ : गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा ठूलो क्षति पुगेको छ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो। असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ। सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पु¥याएको उनले बताए।

पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो। ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ। यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए। खेतबारीकै मकैमा असिनाले असर पु¥याएको छ। त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन्।

झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका ८ चित्रेकी सुशीलादेवी गुरुङले बताइन्।

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्