दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
दुर्गा प्रसाईं तीन दिन प्रहरीको हिरासतमा रहने भएका छन्।
काठमाडौं, असोज ६ : दुर्गा प्रसाईं तीन दिन प्रहरीको हिरासतमा रहने भएका छन्।
आइतबार बेलुका जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको अदालतले जनाएको छ।
मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको थियो।
उनीमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरी परेको थियो।
प्रहरीले गत बुधबार नै काठमाडौं जिल्ला अदालतबाट प्रसाईंलाई पक्राउ गर्न अनुमति लिएपनि पाँच दिन ढिला गरी आइतबार पक्राउ गरेको हो।
प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।
प्रकाशित मिति: २०:०९ बजे, आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












