Kathmandu Press

उपत्यकाका नेता कार्यकर्ताहरूलाई रास्वपाले किन बोलायो पार्टी कार्यालयमा

रवि लामिछानेलाई प्रहरीले उच्च निगरानीमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी तरंगित बनेको छ।
उपत्यकाका नेता कार्यकर्ताहरूलाई रास्वपाले किन बोलायो पार्टी कार्यालयमा

काठमाडौं, असोज ६ : रवि लामिछानेलाई प्रहरीले उच्च निगरानीमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी तरंगित बनेको छ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेको तीन दिनपछि आइतबार गृह मन्त्रालयले पत्र नै काटेर प्रहरी प्रधान कार्यालयलाई समितिले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

गृहको निर्देशनलगत्तै प्रहरीले गोर्खा मिडियाका सञ्चालक पूर्वडिआइजी छबिलाल जोशीलाई आइतबार पक्राउ गरिसकेको छ। पूर्वडिआइजी जोशी भाग्न सक्ने सूचना पाएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

Hardik ivf

उनलाई आइतबार रातारात बुद्ध एयरको फ्लाइटबाट पोखरा लैजाने तयारी गरेको छ।

गोर्खा मिडियामा छबिलालको ३५ प्रतिशत शेयर छ। रवि लामिछाने पनि उनको व्यापारिक साझेदारी थिए। संसदीय विशेष समितसँगको बयानमा लामिछानेले आफूबाट १५ प्रतिशत शेयर लिएको छबिलालले बताएका थिए ।

गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहँदा विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको करोडौं रकम रविले चेकमा हस्ताक्षर गरेर खर्चिएको छानबिन समितिको प्रतिवेदनले औंल्याएको थियो।

समितिले रविले गोर्खा मिडियाको आर्थिक क्रियाकलापमा आफ्नो कुनैपनि भूमिका नरहेको भनेर दिएको बयान झुट रहेको फेला पारेको थियो।

उनले हस्ताक्षर गरेर करोडौं भुक्तानी गरेको प्रमाण नै समितिले प्रतिवेदनमार्फत सार्वजनिक गरेको थियो। विभिन्न सरोकारवालाहरुको बयान र प्रमाणका आधारमा समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको थियो। 

आइतबार नै जोशी पक्राउ परेपछि सशंकित बनेको रास्वपाले काठमाडौं उपत्यकामा रहेका सबै नेता कार्यकर्ताहरूलाई चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला हुन सर्कुलर जारी गरेको हो।

सर्कुलरपछि कार्यालयमा नेता कार्यकर्ताको भिड लागेको छ। आकस्मिक सर्कुलरपछि पत्रकारहरू पनि रास्वपा कार्यालयमा जम्मा भएका छन्।

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्